सिंहदरबार ‘स्याल दरबार’ बन्न समय लाग्दैन : गोविन्दराज पन्त

२०८१ पुष २७ गते शनिवार
सारांश
  • शनिबार काठमाडौं उपत्यका खानेपानी संघर्ष समिति गौरवमय वार्षिक एकता कार्यक्रममा बोल्दै उनले सरकारलाई जनतामाथि शासन गर्न खोजे सिंहदरबारभित्र नेपाली जनताले बङगुर पालेर देखाउने बताएका हुन् ।

काठमाडौं :  काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले रगत बगाएर सम्हालेको देशलाई मुठीभरका मान्छेले कैद गरेर राखे सिंहदरबार नभइ जनताले ‘स्याल दरबार’बनाउने बताएका छन् ।


शनिबार काठमाडौं उपत्यका खानेपानी संघर्ष समिति गौरवमय वार्षिक एकता कार्यक्रममा बोल्दै उनले सरकारलाई जनतामाथि शासन गर्न खोजे सिंहदरबारभित्र नेपाली जनताले बङगुर पालेर देखाउने बताएका हुन् ।


उनले भने, ‘रगत बगाएर सम्हालेको देशलाई आज मुठीभरका मान्छेले कैद गरेर हामीमाथि शासन गर्न खोजे । राम्रोसँग काम गर्नुस् । नत्र जनताले सिंहदरबार होइन स्याल दरबार बनाएर अब नेपाली जनताले बङगुर पालेर देखाउने छन् । त्यहाँ शासन गर्ने दिन जान सक्छन् । अब होस् गर, होसमा आउँ ।’


यसैगरी उनले काठमाडौं उपत्यकाको केही ठाउँ छन् जहाँ अहिलेसम्म पाइप लाइनको बिस्तार नभएको बताए । उनले पाइप लाइन बिस्तार नभएको ठाउँमा काम सुरु गर्न सरकारसँग मागसमेत गरे ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार